Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

ओलीका पिताको निधनप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

ओलीका पिताको निधनप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको थियो।

लामिछानेले भनेका छन्, ‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ। यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट