Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

समानुपातिकका लागि पार्टीभित्र किचलो हुन थालेपछि हर्कले भने- रोइलो गर्ने जति सबैलाई पार्टीबाट निकाल्छु

समानुपातिकका लागि पार्टीभित्र किचलो हुन थालेपछि हर्कले भने- रोइलो गर्ने जति सबैलाई पार्टीबाट निकाल्छु

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिकतर्फका सांसदबारे पार्टीभित्र किचलो सुरू भएसँगै मुख खोलेका छन् । साम्पाङले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पार्टी पङ्क्तिलाई पार्टीभित्र रोइलो नगर्न भनेका हुन् ।

'अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो,'  उनले लेखेका छन् । साम्पाङले समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई पार्टी सदस्यबाटै निकाल्ने चेतावनी समेत दिएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा श्रम संस्कृति पार्टी थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा ३ सीट जितेको पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेर ४ सीट सुरक्षित गरेको छ । जसअनुसार श्रम संस्कृतिको सांसद संख्या ७ पुग्छ । अब कम्तीमा दुईजना महिला उम्मेदवार समानुपातिक सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टर पनि मिलाउनुपर्ने हुन्छ ।

महिला क्लस्टरमा १६ नम्बर सूचीमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरू भइसकेको भन्दै बिहीबार मिडियाबाटै हर्कलाई आफूलाई सांसद नबनाए राम्रो नहुने चेतावनी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट