Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

महाकाली नदी किनारमा महर मृत फेला

महाकाली नदी किनारमा महर मृत फेला

बैतडी : बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारमा एक महिला मृत फेला परेकी छिन्। बिहीबार विहान ८ बजे बैतडीको दशरथचन्द नगरपालिका–८ माइतीघर भएकी अन्दाजी ३८ बर्षीय दीपा महरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

मृतक महरको श्रीमान् रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेको र निज महर पनि श्रीमानसंगै बस्दै आएकीमा यसै महिनाको २२ गते माईती घर आएकी थिइन्। मृतक महर बुधबार माइती घरदेखि भारतमा रहेको श्रीमान् काहाँ जान्छु भनी हिँडेकी महर बिहीबार बिहान ८ बजे महाकाली नदी किनारमा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बैतडीमा राखिएको र निजको श्रीमान् आएपछिमात्र पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट