Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कांग्रेसको समानुपातिकमा बढ्यो सिट, अरु कुन दलले कति ?

कांग्रेसको समानुपातिकमा बढ्यो सिट, अरु कुन दलले कति ?

काठमाडौँ : निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ।समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा बनेको छ। समानुपातिकमा कुल ११० सिट रहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट जितेको छ।

यसैगरी नेपाली कांग्रेस २० सिट जिती दोस्रो दल बनेको छ। नेकपा (एमाले)ले १६ सिट र नेपाली कम्युनिस्ट पार्टीले ९ सिट जितेका छन्।श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट जितेका छन्।विज्ञप्ति जारी गरी निर्वाचन आयोगले उक्त जानकारी दिएको हो। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०, ६१७ मत खसेकोमा १,०८,३५,०२५ (९६.०५%) मत सदर भएको थियो।

649370917_1250529303851248_7540080045135514407_n.jpg

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट