Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको छ। १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको छ।

यसअघि फागुन २६ गते पनि सुन यही मूल्यमा कारोबार भएको थियो । तर चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ७२८ रुपैयाँ कायम भएको छ।

बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ र १० ग्राम ४ हजार ९०४ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट