Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रतिनिधिसभा बैठकको तयारी अन्तिम चरणमा, नयाँ संसद् भवन आंशिक प्रयोगमा

प्रतिनिधिसभा बैठकको तयारी अन्तिम चरणमा, नयाँ संसद् भवन आंशिक प्रयोगमा

काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुन लागेपछि संघीय संसद् सचिवालयले संसद् बैठक बोलाउने तयारी सुरु गरेको छ।

नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्छ। तर सचिवालयका अनुसार, नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउन करिब १० दिन समय दिइन्छ र त्यसपछि बैठक आह्वान गरिन्छ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान छ। पहिलो बैठकमा सभामुखको निर्वाचनसहित, दलबाट प्रतिनिधिहरूको नाम अनुमोदन गरी अध्यादेश प्रस्तुत गरिन्छ।

निर्माणाधीन संसद् भवन पूरा नभएकाले प्रारम्भिक बैठक अर्को हलमा बस्ने तयारी भइरहेको छ। उक्त भवन निर्माण सम्झौता विसं २०७६ असोज १६ मा भएको भए पनि कोरोना महामारी र अन्य कारणले निर्माणमा ढिलाइ भएको छ।

संसद् भवन परियोजना एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ। यसमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य १२ भवन रहनेछन्। मुख्य भवनमा ३५० सिट क्षमताको संयुक्त लबी, १० संसदीय दलका कार्यालय, चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, लाइब्रेरी, दुई क्यान्टिन र ३९० गाडी पार्किङ रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट