Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत

प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत

काठमाडौँ : प्रत्यक्षतर्फ ७ क्षेत्रमा जित निकालेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फ अहिलेसम्म ६ लाख भन्दा धेरै मत प्राप्त गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ सोमबार दिउँसो १२:१५ बजेसम्मको गणनामा नेकपाले ६ लाख ७ हजार ४४७ मत पाएको हो।

प्रत्यक्षमा अहिलेसम्म १२४ क्षेत्रमा जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि लोभलाग्दो मत पाइरहेको छ। रास्वपाले अहिलेसम्म ४१ लाख २७ हजार भन्दा धेरै मत प्राप्त गरेको आयोगले जनाएको छ । त्यसैसरि नेपाली काँग्रेसले १३,लाख ८७ हजार ५७० मत प्राप्त गर्दा एमालेले ११ लाख ७० हजार ६१३ मत ल्याएको छ।

हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि समानुपातिक तर्फ २ लाख ९९ हजार २१९ मत पाएको छ। राप्रपाले २ लाख ८१ हजार ३७१, जसपाले १ लाख ३१ हजार ५९६ र रापपाले १ लाख २५ हजार २६८ मत पाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij