Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

जाँचबुझ आयोगद्वारा प्रहरी अधिकारीलाई कारबाहीदेखि मुद्दा चलाउनेसम्मको सिफारिस

जाँचबुझ आयोगद्वारा प्रहरी अधिकारीलाई कारबाहीदेखि मुद्दा चलाउनेसम्मको सिफारिस

काठमाडौं : जेनजी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगले प्रहरी अधिकारीहरुलाई कारबाही गर्न सिफारिस गरेको छ। भदौ २३ गतेको आन्दोलनमा अत्याधिक बल प्रयोग गरकेो तथा २४ गते सुरक्षामा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको हो।

आयोग स्रोतका अनुसार केही प्रहरीलाई मुद्दा नै चलाउन सिफारिस गरिएको छ। त्यस्तै, केहीको हकमा भने विभागीय कारबाहीको सिफारिस भएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन्। तत्कालिन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत कारबाहीको सिफारिस भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट