Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

‘जेनजी आन्दोलनमा गल्ती गरेकालाई कारबाही सिफारिस गरेका छौं’

‘जेनजी आन्दोलनमा गल्ती गरेकालाई कारबाही सिफारिस गरेका छौं’

काठमाडौं : गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले घटनामा संलग्नहरुलाई कारबाही सिफारिस गरिएको जानकारी दिए । उनले सुरक्षामा कमजोरी भएको पाइएको बताए ।

शर्मासँग प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरमा गरिएको कुराकानी–

प्रतिवेदनमा के छ ?

प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरुको फ्याक्ट फाइन्डिङ गर्ने प्रयास गरेका छौं । हामीले देखेको, बुझेको जानेको र प्रमाणको आधारमा हामीले राय सुझाव दिएका छौं । अब यो सम्पत्ति सरकारको भयो । अब सरकारले आवश्यक कारबाही गर्ने, पुरस्कृत गर्नुपर्ने हो कि गर्ने हो सरकारले गर्छ ।

अनुमान के गर्ने जनताले ?

जसले गल्ती गरेको छ, त्यसलाई कारबाही हुन्छ । जसले राम्रो गरेको छ, त्यसलाई कारबाही हुँदैन ।

जनताको स्पष्ट डिमान्छ छ कारबाही गर, हतकडी लगाउ भन्ने ।

ठिक छ, त्यो अब सरकारको सम्पत्ति भएको हुनाले सरकारले यो विषयमा बोल्छ ।

कारबाहीको सिफारिस गरेको छ आयोगले ?

छ ।

ककसलाई कस्तो कारबाही सिफारिस भएको छ ?

कारबाही सिफारिस गरेको छ । यो कुरा म यहाँ बोल्दिनँ ।

कति पृष्ठको प्रतिवेदन छ ? मूलभूत रुपमा २३ गतेको घटनालाई कसरी हेरेको छ ? २४ गतेको घटनालाई कसरी हेरेको छ ?

सबै गर्दाखेरि ८ देखि १० हजारसम्मको पेजहरु हुन्छ । त्यसमा मिहिन रुपमा २३ गते र २४ गतेको घटनाहरुको विषयमा छ ।

तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई फौजदारी अभियोग लगाइएको छ भन्ने कुरा पनि छ नि ?

जसले गल्ती गरेको छ, उसलाई लगाइएको छ । त्यसमा कुनै दुईमत छैन ।

जो दोषी छन् उनीहरुलाई फौजदारी अभियोगमै कारबाहीको सिफारिस छ वा प्रशासनिक खालको ?

कारबाहीलाई सिफारिस छ । म डिटेल कुरा अहिले भन्दिनँ तपाईंहरुलाई ।

फौजदारी छ कि छैन ?

म भन्दिनँ ।

कति जनालाई कारबाही सिफारिस गर्नुभाछ ? नम्बर त भन्न मिल्ला नि ?

कारबाही सिफारिस भाछ ल ।

यो घटना घट्नुमा केके ल्याप्सेस भएको छ ?

केही सेक्युरिटी ल्याप्सेस भा छ । निश्चय पनि संसद भवन परिसरमा सुरुबाटै ब्यारिकेडदेखिकै केही कमीकमजोरीहरु देखिएको छ । त्यत्ति हो ।

प्रधानमन्त्रीसँग कुरा हुँदा प्रधानमन्त्रीको मनस्थिति आफैंले सार्वजनिक गर्ने भन्ने छ कि अर्को सरकारले गरोस् भन्ने छ ? तपाईंले के बुझ्नुभयो ?

यो विषयमा प्रधानमन्त्रीज्यूले हामीलाई धन्यवाद दिनुभयो । यो सरकारको सम्पत्ति भयो । अब हामीले के गर्नुपर्छ गर्छौं भन्नुभाछ ।

हिजो मल्लिक आयोग थियो, रायमाझी आयोग थियो, तपाईंहरुको हालत पनि त्यस्तै हुने त होइन ?

हुँदैन । यो कुरामा ढुक्क हुनुस् ।

जाँचबुझको क्रममा कति जनालाई सोधपुछ गर्नुभयो ?

हामीले करिब २ सय प्लस मान्छेहरुलाई गर्‍यौं । केही बयान कागजहरु प्नि गरायौं । केही साक्षी पीडित लगायत जान्ने बुझ्ने विज्ञहरुसँग पनि हामीले रायसुझाव लियौं ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट