Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इजरायली आक्रमणपछि इरानको तेल डिपोमा भीषण आगलागी

इजरायली आक्रमणपछि इरानको तेल डिपोमा भीषण आगलागी

तेहरान : इरानको राजधानी तेहरानमा इजरायलले रातभर गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ । आक्रमणपछि आकाशतर्फ बाक्लो धुवाँको मुस्लो उठेको र शहरका केही क्षेत्र उज्यालो बनेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार आक्रमणपछि लागेको आगो नजिकैको कूहसर बुलेवार्डसम्म फैलिएको छ ।

आगलागीले सडक किनारका घर र पसलहरूमा समेत क्षति पुर्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बीबीसीसँग कुरा गर्दै एक स्थानीयले भने, ‘रात एक्कासी दिनजस्तै उज्यालो भयो ।’ रातभर भएका आक्रमणमा इजरायलले विशेषगरी तेल भण्डारण र प्रशोधन संरचनालाई निशाना बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट