Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाले अहंकारबाट टाढा रहेर काम गर्नुपर्छः पुष्पकमल दाहाल

रास्वपाले अहंकारबाट टाढा रहेर काम गर्नुपर्छः पुष्पकमल दाहाल

काठमडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अत्याधिक स्थानमा जित हासिल गरेपछि रास्वपालाई अहंकारबाट टाढा रहन पुष्पकमल दाहालले सुझाव दिएका छन्। बिहीबार रुकुम पूर्वबाट जित प्राप्त गरेसगैं उनले नयाँ दलले ठूलो जनसमर्थन प्राप्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो सफलता पछि नेतृत्वले विनम्रता कायम राख्नुपर्ने बताएका छन्।

दाहालले भने, ‘नयाँ पार्टीले ठूलो विजय हासिल गर्नु भएको छ। उहाँहरूलाई म बधाई दिन चाहन्छु र शुभकामना पनि व्यक्त गर्न चाहन्छु। तर यदि यही विजयले अहंकार जन्मायो भने त्यो देशका लागि दुर्भाग्यपूर्ण हुन सक्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट