Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पर्सा-१ मा रास्वपाका पन्त विजयी

पर्सा-१ मा रास्वपाका पन्त विजयी

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।

पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट