Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम  :रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन् ।

मतगणना पूरा गर्न र औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट