Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन ३ मा मतपत्रमा लगाइएको स्वस्तिक छाप र औँठा छापबारे विवाद, सर्वदलीय सहमतिमार्फत टुङ्ग्याउने गरि मतगणना सुरु

चितवन ३ मा मतपत्रमा लगाइएको स्वस्तिक छाप र औँठा छापबारे विवाद, सर्वदलीय सहमतिमार्फत टुङ्ग्याउने गरि मतगणना सुरु

चितवन : चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा सदर र वदर मतबारे विवाद हुँदा केहीबेर मतगणना प्रभावित भएको छ। एउटा मतपत्रमा स्वस्तिक छाप र औठा छाप भेटिएपछि नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिले बिरोध जनाएका थिए । मतपत्रको घण्टी चिन्हमा स्वस्तिक छाप र तारा चिन्हमा औँठा छाप लागेको थियो ।

निर्वाचन अधिकृतले उक्त मतपत्रको स्वस्तिक छापलाई सदर गरेका थिए । तर, नेकपाका प्रतिनिधिले बिरोध जनाएपछि उक्त मतपत्रको टुङ्गो सर्वदलीय बैठक बसेर टुङ्गो लगाउने गरि पुनः मतगणना सुरु गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार सर्वदलीय सहमति भएअनुसार मतपत्र सदर गर्न प्रतिनिधिले अस्वीकार गर्दा समस्या भएको हो । उनले पुन सर्वदलीय बैठक बसेर छलफल गरि मतपत्रको विवाद टुङ्गो लगाउने गरि मतगणना सुचारु गरिएको जनाए । चितवन ३ मा सोबिता गौतमले ४ हजार भन्दा बढी मतले रेनु दाहाललाई पछि पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट