सर्लाही : बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाअनुसार सर्लाही-४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह १ हजार २ सय ३९ मतसहित अगाडि छन् । गगनकुमार थापा ७ सय ६८ मत मतसहित दोस्रो स्थानमा छन् । थापा कांग्रेस सभापतिसमेत हुन् ।
जनमत पार्टीका राकेश मिश्र २ सय ५० मतसहित तेस्रो र एमालेका अमनिश कुमार यादव १ सय ९९ मतसहित चौथो स्थानमा छन् । ०७९ को निर्वाचनमा यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवार रहेका सिंह २० हजार १७ मत ल्याई विजयी भएका थिए । त्यसबेला निकटतम प्रतिस्पर्धी कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २ सय ५३ मत ल्याएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij