Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मतदान सफलतापूर्वक सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद

मतदान सफलतापूर्वक सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद

काठमाडौँ :  गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन् । त्यसका लागि सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान सम्पन्न भएको उनको भनाइ छ । 

मन्त्री अर्यालले प्रधानमन्त्रीको अभिलाषा बमोजिम ‘एक थोपा पनि रगत नबगी’ निर्वाचन सम्पन्न उल्लेख गरेका छन् । लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन मार्फत जनादेश लिनु संवैधानिक र काननी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै उनले यस निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन र नेपाली जनताको हकअधिकार संस्थागत गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । 

मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी,  सञ्‍चारकर्मी,  राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले मतगणना कार्यमा समेत सकारात्मक भूमिका र सहयोगका लागि सम्बन्धित सबैमा आग्रह गरेका छन् । 

om-prakash-aryal-press-release_5SlAGYE2eA.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट