Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरानी ड्रोन आक्रमणमा दुई जना घाइते

इरानी ड्रोन आक्रमणमा दुई जना घाइते

काठमाडौँ : इरानी ड्रोन आक्रमणमा दुई जना घाइते भएको अजरबैजान सरकारले जनाएको छ ।

अजरबैजानको विदेश मन्त्रालयका अनुसार एउटा ड्रोनले नखचिवन स्वायत्त गणराज्य हवाई अड्डाको टर्मिनल भवनमा प्रहार गरेको र अर्कोले शकराबाद गाँवको विद्यालय भवन नजिक खसेको छ । 

ड्रोन आक्रमणले विमानस्थलको भवनमा क्षति पुर्‍याएको र दुई जना नागरिक  घाइते भएको बताइएको छ । मन्त्रालयका अनुसार, इरानका लागि अजरबैजानी राजदूतलाई अब स्वदेश फिर्ता बोलाइएको छ । इरानी पक्षलाई घटनाबारे कडा विरोध जनाइने र विरोधको आवश्यक प्रतिवेदन पेस गरिने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट