जनकपुर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं महोत्तरी क्षेत्र १ का उम्मेदवार गिरिराजमणि पोखरेलले मतदान गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका पोखरेल दुधेश्वरीमा आधारभूत विद्यालय बर्दिबास ३ को केन्द्रबाट मतदान गरेका हुन्।
सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले जनतामा एउटा निर्वाचनप्रति उत्साह देखिएको र आफ्ना जनप्रतिनिधिको मूल्यांकन गर्ने समयसमेत रहेको जिकिर गरे। उनले समयअगावै निर्वाचन हुन लागे पनि जनतामा एक किसिमले उत्साह नै देखिएको आफूले पाएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij