Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

झापाबाट ५९२ वटा नमुना मतपत्रसहित एक जना पक्राउ

झापाबाट ५९२ वटा नमुना मतपत्रसहित एक जना पक्राउ

काठमाडौँ :  प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधवार देशभर विभिन्न ठाउँमा शङ्कास्पद बस्तु भेटिएको छ । निर्वाचन बिथोल्न खोज्ने समूहले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–२ स्थित चपली र नागार्जुन नगरपालिका वडा नम्बर–२ मा राखेको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ ।

देशभर १४ ठाउँमा शङ्कास्पद बस्तु भेटिएको प्रहरी प्रवक्ता ९डीआईजी० अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । सबै शङ्कास्पद वस्तुहरू आतङ्कित पार्ने उद्देश्यले राखिएको ‘होक्स’ रहेको डीआईजी काफ्लेले बताए ।

कोशी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शङ्कास्पद बस्तु फेला परेको थियो । मधेस प्रदेशका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शङ्कास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शङ्कास्पद बस्तु भेटिएको थियो । गण्डकीको बागलुङ र कास्कीमा शङ्कास्पद बस्तु भेटिएको थियो । सबै शङ्कास्पद बस्तु सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट