Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बसको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली:  बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।बुधबार दिउँसो काठमाडाैँबाट मरिणतर्फ आउँदै गरेको बा४ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज१०प ९२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदीकाअनुसार बसको ठक्कर पछि गम्भीर घाइते भएका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ वितिजोरका स्कुटर चालक ३५ वर्षीय चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेको थियो ।

प्रहरीले बस चालक हरिहरपुरगढी गाउँपालिका–५ का राजकुमार माझीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट