Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जना पक्राउ

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जना पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, मतदाता भ्रमित पार्ने गतिविधि गरेको, आचार संहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबि नारायण काफ्लेका अनुसार प्रदेशगत विवरणअनुसार मधेश प्रदेशबाट ४ जना, बागमती प्रदेशबाट ४ जना, गण्डकी प्रदेशबाट १ जना, लुम्बिनी प्रदेशबाट ४ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट १ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकाबाट १६ जना नियन्त्रणमा लिइएको छ भने कोशी प्रदेशबाट भने हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।

पक्राउ परेका मध्ये १७ जना छुटेका र १५ जनामाथि प्रचलित कानुनी व्यवस्था बमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। निर्वाचनसम्बन्धी साइबर निगरानीलाई प्रभावकारी बनाउन केन्द्रीय संयन्त्रअन्तर्गत प्रदेशगत साइबर इकाइहरू परिचालन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट