Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल

धनगढी : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ। सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमा नाका पनि सिल गरिएको हो।

सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाकाहरू सिल गरिएको हो। नाका सिल भएसँगै नेपाल सरकार र फिल्डको हकमा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तर्देशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ।

आवागमन रोक लगाइएसँगै सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ)ले सीमा क्षेत्रमा जाँच तथा निगरानीमा कडाइ गरेको छ। भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जोडिन्छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट