Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नैकाप र सुकेधारमा दुई गाडीमाथि आगजनी

नैकाप र सुकेधारमा दुई गाडीमाथि आगजनी

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको दुई स्थानमा आज बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ।

राजधानीको सुकेधारा र नैकापमा बिहान करिब ३ बजेतिर सो गाडीमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ। आगजनी भएको गाडीमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको छ। निर्वाचन बिथोल्न लागि विभिन्न अभिव्यक्ति र क्रियाकलापमा संलग्न अभियन्ता प्रसाईलाई नेपाल प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार दुई वटा सवारी साधनमा आगजनी गरिएको र नेपाल प्रहरीले त्यसको अनुसन्धान गरी रहेको जानकारी दिए ।उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको बताए।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट