Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुटेकशभित्र एक युवतीको शव फेला

सुटेकशभित्र एक युवतीको शव फेला

पोखरा  : पोखराको ड्यामसाइडमा सुटकेशभित्र एक युवतीको शव फेला परेको छ। आइतबार स्थानीयले पोखरा–१७, ड्यामसाइड नजिकै नयाँ बनेको पक्की पुलमुनि शंकास्पद अवस्थामा सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए।
वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा एक युवतीको शव फेला पारेका हुन्।वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले भने, ‘अन्दाजी २० देखि २५ वर्ष जस्तो देखिने युवतीको शव फेला परेको हो। उनको पहिचान खुलेको छैन । अनुसन्धान गरिररहेका छौं।’
तन्नाले बेरिएको अवसथामा सुटकेशभित्र शव भेटिएको बताइएको छ। घाँटीमा अलिअलि काटेजस्तो पनि रहेको डिएसपी भट्टराईले बताए। शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ।

प्रहरी अनुसन्धानका क्रममा ती युवती ड्यामसाइड नजिकै चितेपानीमा एक महिनादेखि डेराकोठामा बस्दै आएको खुलेको छ। एक जना पुरुषसँग श्रीमान्श्रीमती बनेर जापानी भाषा सिक्ने भन्दै कोठाभाडामा बस्दै आएको खुलेको छ। उनका श्रीमान् हाल फरार छन्। उनको आधार कार्ड भारतको सिलगुडीमा देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट