Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखामा कांग्रेसलाई सघाउने

बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखामा कांग्रेसलाई सघाउने

पोखरा : डा.बाबुराम भट्टराई आबद्ध पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसलाई सघाउने निर्णय गरेको हो । समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्हमा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए । यसअघि २०७४ को चुनावमा कांग्रेस गोरखासँग चुनावी तालमेल गरी डा. भट्टराई गोरखा २ बाट निर्वाचित भएका थिए ।

‘थप औपचारिक निर्णय आउँदैन । अहिलेको अवस्थामा काँग्रेससँग नै हाम्रो विचार मिलेको हो । हामीले मौखिक रूपमा दुई पार्टी बसेर सहमति गरेका छौँ,’ खत्रीले भने, ‘अहिलेलाई काँग्रेससँग नै सहकार्य हुने भयो । हाम्रो कुरा यही हो ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट