Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

इरानमाथिको कारबाहीमा अमेरिकी जनधन क्षति हुनसक्ने ट्रम्पको चेतावनी

इरानमाथिको कारबाहीमा अमेरिकी जनधन क्षति हुनसक्ने ट्रम्पको चेतावनी

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सञ्चालन भइरहेको सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकको ज्यान जान सक्ने चेतावनी दिएका छन् । उनले सार्वजनिक भिडियो सन्देशमार्फत यस्तो चेतावनी दिएका हुन् । ‘इरानी शासनले मार्ने उद्देश्य राखेको छ । हाम्रा साहसी अमेरिकी सैनिकहरूको ज्यान जान सक्छ र क्षति हुनसक्छ, युद्धमा यस्तो प्रायः हुन्छ । तर हामी यो अहिलेका लागि होइन, भविष्यका लागि गरिरहेका छौँ । यो एउटा महान् अभियान हो’ ट्रम्पले भनेका छन् ।

अमेरिकी फौजको सुरक्षाका लागि सम्भव सबै उपाय अपनाइएको दाबी पनि उनले गरेका छन् । ‘सो क्षेत्रमा रहेका अमेरिकी सैनिकको जोखिम न्यून पार्न हामीले हरेक सम्भव कदम चालेका छौँ,’ उनले भनेका छन् । यसैबिच अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरिरहेका बेला ट्रम्प फ्लोरिडास्थित आफ्नै निजी क्लब मार–ए–लागोमा सप्ताहान्त बिताइरहेका छन् । उनी टेक्सासको पोर्ट अफ कर्पस क्रिस्टीमा सम्बोधन गरेपछि पाम बिच पुगेका थिए ।

राष्ट्रपति ट्रम्पको सार्वजनिक कार्यतालिका अनुसार उनी आफ्ना समर्थक सुपर प्याकका पदाधिकारीसँग बैठक र रात्रिभोजमा सहभागी हुने कार्यक्रम पनि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट