काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनानमा तैनाथ श्री सबुज गणको ६६औं डफ्फालाई बदली गर्न नयाँ टोली त्यसतर्फ प्रस्थान गरेको हो । सबुज गणलाई बदली गर्नका लागि श्री विष्णुदल गणको ६७ औं टोली मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकोछ ।
६७ औं डफ्फाका २२४ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त मिसनमा आफ्नो तोकिएको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका २२४ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।जंगी अड्डाका अनुसार हाल लेबनानको शान्ति मिसनमा ८५४ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij