Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उज्यालो नेपालका कार्यकर्ताले रवि लामिछानेलाई कालोझण्डा देखाए, प्रहरीसँग झडप

उज्यालो नेपालका कार्यकर्ताले रवि लामिछानेलाई कालोझण्डा देखाए, प्रहरीसँग झडप

तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । तनहुँको सदरमुकाम दमौलीमा पार्टीको सभालाई सम्बोधन गर्न आइपुगेका लामिछानेलाई शुक्रबार उनीहरुले मुख्य सडकमै कालोझण्डा देखाएर प्रदर्शन गरेका हुन् ।

के कारणले कालो झण्डा देखाएको भन्ने खुलेको छैन । उक्त क्षेत्रका उम्मेदवार मञ्जिल रानाले कालो झण्डा देखाउने पार्टीको आधिकारिक कार्यक्रम नभएको बताएका छन्।प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले अवरोध गरेपछि केही समय धकेलाधकेल भएको थियो । प्रहरीले उज्यालो नेपाल पार्टीका केही कार्यकर्ताहरूलाई नियन्त्रणमा समेत लिएको छ ।विरोधमा रहेका उज्यालो नेपाल पार्टीका महिला कार्यकर्तालाई प्रहरीले हातपात गरेको भन्दै विरोधमा उनीहरू दमौलीको मुख्य चोकमा जेब्रा क्रसिङमा नै धर्नामा बसेका थिए । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट