Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भदौ २३ र २४ मा पहिला गोली चलेपछि सिंहदरबार जलेको रबि लामिछानेको दाबी

भदौ २३ र २४ मा पहिला गोली चलेपछि सिंहदरबार जलेको रबि लामिछानेको दाबी

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनमा पहिला गोली चलेको अनि सिंहदरबार जलेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

अझै पनि सिंहदरबार कसले जलाउने भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै लामिछानेले भने- 'भदौ २३ र २४ मा पहिला गोली चल्यो अनि सिंहदरबार जल्यो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो ।'

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइएकाले जलेको उनको भनाइ थियो । लामिछानेले थप भने- 'सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, अरु कोही पनि होइन। ' सिंहदरबार चलाउने र बालबालिकालाई गोली हान्ने एउटै समूह भएको उनको जिकिर छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट