काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत भदौ २३ हत्या र २४ गतेको विध्वंस दुवै अतिवादी प्रवृत्ति भएको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी यी दुवै प्रवृत्तिको विरोध गरेका हुन् ।
‘सरकारले २३ जना जेनजी युवाको हत्या गर्यो । जेनजीको हत्याको सबैभन्दा पहिला विरोध गरेर सरकारलाई राजीनामा दिन भनेका थियौँ । भोलिपल्ट विपक्षी दलहरूको बैठक बोलाएर सरकारको दमनको विरोध गरेका थियौँ । सरकारको अहङ्कार र दम्भको प्रवृत्ति अहिलेसम्म पनि समीक्षा हुन सकेको छैन । त्यो प्रवृत्ति अहिले पनि कायमै छ । भदौ २४ गते राज्यको सम्पत्ति, पार्टी कार्यालय र नेताहरूको घर जलाउने काम भयो त्यो अर्को अतिवादी प्रवृत्ति हुन् । यी दुवै नेपाली मनका भावना प्रवृत्ति होइन । यी दुवै प्रवृत्तिका परास्त गर्न म अपिल गर्दछु’, उनले भने ।
पत्रकार सम्मेलनमा उनले यी दुवै प्रवृत्तिलाई पराजित गरी यो निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे । उनले भने,‘निर्वाचनमा कसैसँग नहुने प्रस्ट पार्दै उनले भने–हामी कोही कसैसँग गठबन्धन गर्दैनाैँ । आफ्नै एजेन्डाको बलमा जान्छौँ भनेर पहिलेदेखि नै भन्दै आएका थियौँ । तर यस विषयमा बारम्बार बाहिर हल्ला हुँदै आयो । हामीले प्रस्ट भन्न चाहन्छु अहिले यी दुवै खलाको प्रवृत्तिसँग गठबन्धन हुँदैन । समीकरण हुन लागेको विषय खारेज गर्न चाहन्छु ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij