Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रास्वपाको बहुमत नआए भ्रष्टाचारी खुसी हुन्छन् : रवि लामिछाने

रास्वपाको बहुमत नआए भ्रष्टाचारी खुसी हुन्छन् : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले रास्वपाले बहुमत नल्याए सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका लामिछानेले पाँच वर्षको स्थायी सरकारका लागि घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे। ‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने मैले सुनेको छु। भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन,’ उनले भने ।

उनले वर्षौँदेखि मिलेर बसेका समुदायबीच धर्म, जात र सम्प्रदायका नाममा राजनीतिक विभाजन गर्न खोज्ने प्रयासप्रति सचेत रहन आग्रह गरे। ‘चुनाव आउँछ जान्छ, तर तपाईँ हाम्रो सद्भाव आजको सद्भाव होइन, एक युगदेखिको सद्भाव हो। मेरो धर्म एउटै हो, म धर्मका नाममा राजनीति गर्नेलाई युगलाई हामीले अन्त्य गर्नुपर्नेछ। राजनीति र सम्प्रदायलाई अलग गराएर राजनीति गर्ने र भोट बैंक बनाउन खोज्नेलाई फल्न दिनुहुँदैन,’ उनले भने ।

सभापति लामिछानेले गोरखा १ बाट सुधन गुरुङ र गोरखा २ बाट कविन्द्र बुर्लाकोटीलाई विजयी गराउन मतदातासँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट