हेटौँडा : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा १९‚ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरितर्फ जाँदै गरेको ना.४३प २२१ नम्बरको मोटरसाइकलाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका १ का २२ वर्षीय सन्जित स्याङ्तान र पछाडि बसेका १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो। बोगटीका अनुसार ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij