रोल्पा : रोल्पाको रुन्टीगढी गाउँपालिका–५ खुम्बासमा जीप दुर्घटना भएको छ
मंगलबार बिहान दाङको घोराहीबाट रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा दुर्घटना भएको हो ।
जीपमा सवार ११ जनामध्ये एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा सोही परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगर रहेकी छन् । घाइते भएकाहरुलाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij