Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारत : भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सोमबार राति झारखण्डको चतरा जिल्लामा भयानक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । विमानमा  एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए। चार्टर विमान ४१ वर्षीय संजय कुमार नामका बिरामी बोकेको एयर एम्बुलेन्स थियो र उनीसँगै उडानमा रहेका विकास कुमार गुप्ता नामका डाक्टर पनि रहेकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

रांचीको बिरसा मुण्डा विमानस्थलबाट उडान भरेको केही समयपछि सम्पर्क टुटेकाे हाे । नागरिक उड्डयन निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार, दिल्ली जाँदै गरेको बीचक्राफ्ट सी ९० एयर एम्बुलेन्सको कोलकातासँग सम्पर्क र राडार सम्पर्क टुटेको थियो। विमानमा सवार सबै सात जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट