Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कैलालीका सीमा नाका ३ दिन बन्द हुने

कैलालीका सीमा नाका ३ दिन बन्द हुने


काठमाडौं :फागुन २१मा हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीका भारतीय सीमा नाका तीन दिन बन्द गरिने भएको छ। निर्वाचनलाई भयरहित बनाउनका का लागि तीन दिन नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

१८ फागुनको राति १२ बजेदेखि २१ फागुनको राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए। 

जोशीका अनुसार २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति हुने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट