Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

काठमाडौँ : फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड नाघेको छ । फिल्मले शनिबारसम्म देशव्यापी ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख छ । यो अवधिसम्म फिल्मको टिकट ४ लाख २३ हजार १११ वटा टिकट बिक्री गरेको छ । फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्मले आमा बुबा र छोराबिचको सम्बन्धको कथा उठाएको छ ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा छ । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत (गजनी भिलेन) का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित विष्ट, बेगम नेपाली, रचना गौतम लगायतको अभिनय छ ।

फिल्मलाई कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुङ्गाना निर्माताको रूपमा छन् । यस फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन् । चुनावका कारण गत शुक्रबार रिलिजका लागि कुनै पनि नेपाली फिल्म नहुँदा यसको फाइदा सो फिल्मलाई पुगेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट