Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दाङमा बस दुर्घटना हुँदा सात जना घाइते

दाङमा बस दुर्घटना हुँदा सात जना घाइते

तुलसीपुर : दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।

दाङ घोराही उपमहानगरपालिका–३ चिसापानी मसोट नजिक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट