Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गौरको कर्फ्यु हट्यो

गौरको कर्फ्यु हट्यो

रौतहट : नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएको छ ।

सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँ परिक्रमा गरेको छ । गाउँमा शान्ति कायम राख्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्‍याली निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले अहिले बिहान ६ बजेदेखि कर्फ्यु हटाएको छ । केही दिनदेखि गौर अशान्त बनेको थियो । दुई समुदायबीचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट