Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना हिजबुल्लाह कमान्डरको मृत्यु

पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना हिजबुल्लाह कमान्डरको मृत्यु

बेरुत : पूर्वी लेबनानमा भएको इजरायली हवाई आक्रमणको श्रृंखलामा लेबनानको हिजबुल्लाह समूहका तीन जना कमान्डरहरूको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ। आक्रमणमा अन्य ३५ जना घाइते भएको लेबनानी सुरक्षा स्रोतले जनाएका छन्।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले पूर्वी लेबनानको रियाकमा रहेको भवनमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढीको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ। लेबनानी नागरिक रक्षा स्रोतलाई उल्लेख गर्दै सिन्हुवाले मृतकको सङ्ख्या ११ पुगेको तथा ३५ जना घाइते भएको जनाएको छ। स्रोतका अनुसार बेपत्ता व्यक्तिहरूको खोजीको प्रयास भइरहेको छ।

सुरक्षा स्रोतहरूलाई उल्लेख गर्दै सिन्हुवाले मृत्यु हुने तीन हिजबुल्लाह कमान्डरहरू मध्ये हुसेन मोहम्मद याघी, अली जाइद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी रहेको जनाइको छ। हेजबुल्लाहले विज्ञप्ति जारी गर्दै कमान्डर हुसेन मोहम्मद याघीलाई शोक व्यक्त गर्दै हुसेन “लेबनान र यहाँका जनताको रक्षामा शहीद भएको जनाएको छ। लेबनानी सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले इजरायली लडाकु विमानहरूले हिजबुल्लाह साइटहरूसहित पूर्वी लेबनानका क्षेत्रहरूमा छ वटा हवाई आक्रमण गरेको जनाएको छ। सन् २०२४ नोभेम्बर–२७ देखि, हेजबुल्लाह र इजरायल बीच युद्धविराम सम्झौता लागू भएको छ । यस सम्झौताको बावजुद, इजरायली सेनाले कहिलेकाहीँ लेबनानमा आक्रमण गरेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट