Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गौरमा यात्रुवाहक बस दुर्घटना

गौरमा यात्रुवाहक बस दुर्घटना

रौतहट : रौतहटको गौर नगरपालिकास्थित पावर हाउसनजिक आज एक यात्रुवाहक बस दुर्घटना भएको छ। गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको हो।

दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने बिजुलीको पोल ढलेको छ। बसमा सवार सबै यात्रुहरू सुरक्षित रहेका छन्। केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ।

घटना भएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो। बसमाथि बिजुलीको तार खस्न सक्ने जोखिम देखिएपछि थप क्षति हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गराइएको थियो।

प्रारम्भिक रूपमा तीव्र गतिको कारण बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट