काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताएका छन्।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बिहीबार उनले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताए। उनले भने, ‘आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ। हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो।’
अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गरे। ‘निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,’ उनले भने। अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij