काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पहिलो प्राथमिकता ५ वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक बनाउने रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भ्रष्टाचार गरेमा नेता पनि नहेर्ने, नाता पनि नहेर्ने बताए ।
‘हाम्रो पहिलो प्राथमिकता ५ वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउँछौँ,’ सभापति थापाले भने, ‘हामीले भ्रष्टाचार गरेमा नेता पनि हेर्दैनौँ । नाता पनि हेर्दैनौँ ।’ भ्रष्टाचार गरेमा कोही पनि नबच्ने सभापति थापाले बताए । उनले भने, ‘गरेको भए हाम्रा नेता पनि पर्नुहुन्छ । नातेदार पनि पर्नुहुन्छ । हामी पनि गरेमा पर्छौ । गरेको भए पनि पर्छौ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij