Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कञ्चनपुरमा १८ जनाले बुझाए हतियार

कञ्चनपुरमा १८ जनाले बुझाए हतियार

कञ्चनपुर : कञ्चनपुरमा निर्वाचन अवधिका लागि १८ जनाले मात्र हतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेपछि हतियार बुझाएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबारसम्म प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमै पुगेर १८ जनाले हतियार बुझाएका हुन् । जिल्ला प्रशासनले माघ ५ गते सूचना जारी गर्दै इजाजत प्राप्त हतियार माघ २० सम्म बुझाउन आग्रह गरेको थियो । 

‘जिल्ला प्रशासनबाट इजाजत लिनेको संख्या धेरै छ, तर हतियार बुझाउने थोरै भए,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘कतिपयको त अद्यावधिक गर्न बाँकी रहेकाले पनि कम हतियार बुझाएको हुन सक्छ ।’ एसपी खत्रीका अनुसार जिल्ला प्रशासनबाट २ सय ३ जनाले हतियारको इजाजत लिएका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट