कास्की : फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कैदीबन्दी र कर्मचारीहरुले मतदान गर्न पाउने भएका छन् । प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कैदीबन्दी र निर्वाचनको लागि खटिएका प्रहरी र कर्मचारीहरुले समानुपातिकमा भोट हाल्न पाउनेछन् । यसको लागि जिल्ला कारागार र जिल्ला समन्वय समिति कास्कीमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
‘‘कास्की जिल्लामा २८ सय जनाको अस्थायी मतदाता नामावली रहेको छ । कारागारका कैदीको पनि शतप्रतिशत उपस्थित हुने देखिएको छ भने निर्वाचनमा खटिएका कर्मचारीहरुले सम्बन्धित मतदान केन्द्रमा भोट हाल्ने सुविधा दिइएको छ,’’ उहाँले भन्नुभयो ।
अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फमात्र मत हाल्न पाउनेछन् । उनीहरूलाई प्रत्यक्ष तर्फका उम्मेदवारलाई भोट हाल्ने सुविधा हुनेछैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij