Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रविका सहयोगी बोहराको दाबी- प्रतिशोधविरुद्ध एक करोड हस्ताक्षर पुग्थ्यो

रविका सहयोगी बोहराको दाबी- प्रतिशोधविरुद्ध एक करोड हस्ताक्षर पुग्थ्यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता दीपक बोहराले सभापति रवि लामिछानेको पक्षमा एक करोड हस्ताक्षर पुग्ने अवस्था रहेको दाबी गरेका छन् । सभापति लामिछानेमाथि चलेको सहकारी ठगी मुद्दाविरुद्ध ‘राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान’ नामबाट रास्वपाले अभियान चलाएको थियो । सभापति लामिछानेका मुख्य सहयोगी समेत रहेका बोहराले सोही अभियान अगाडि बढाउन पाएको भए करोड बढी हस्ताक्षर संकलन हुनसक्ने दाबी गरेका हुन् ।

‘मेरो नेतृत्वमा भएको हो हस्ताक्षर क्याम्पेन, जसमा ४० लाख मानिसले हस्ताक्षर गरे,’ धनगढीमा आयोजित रास्वपाको चुनावी सभामा बोल्दै बोहराले भने । हस्ताक्षर अभियानमा पूर्वन्यायाधीशदेखि प्रहरी, सेना, बुद्धिजीवी सबैले हस्ताक्षर गरेको उनले बताए । ‘हस्ताक्षर अभियान जारी नै थियो । म जानै भएको थिएन, डिजिटल क्याम्पेन गर्नै पाएको थिएन । घरघर जानै पाएको थिएन,’ उनले भने, ‘४० लाख पुगेको थियो, त्यो करोडमाथि पुग्थ्यो ।’ आफूले २०८४ कुरेको र जनताको घरघरमा पुगेर देखाइदिनेमा आफूहरूले सोचेको उनले बताए । ‘तर, जनताले २०८२ मै देखाइदिए,’ बोहराले भने ।

बोहरा कञ्चनपुर-२ मा रास्वपाबाट उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट