Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन :   नारायणगढमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती ९ः२० बजेको समयमा भरतपुर महानगरपालिका १ पुल्चोकमा नवलपुरको गैडाकोटबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र.०३००२ ख ३४२३ नम्वरको टेलरले पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते नुवाकोट जिल्ला पन्चकन्या गाविस २ बस्ने ५५ वर्षिय दुर्गा कट्टेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने टेलर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक कट्टेलको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट