चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने उद्देश्यले विभिन्न किसिमका घेराबन्दी गरिएका प्रयास सफल हुन नसकेको उनले बताएका छन्। मंगलबार चितवन १ को चुनावी सभालाई सम्बोधन गर्दै मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा के हो? भनेर सोधेको घटनाको स्मरण गर्दै उनले यस्तो बताएका हुन्। त्यसबेला आफूले कुनै प्रतिक्रिया नदिएको उल्लेख गर्दै अब त्यसको उत्तर जनताले निर्वाचनमार्फत दिने उनको भनाइ छ।
उनले भने- 'हामीलाई त घेराबन्दी गरेर सखाप गर्न खोजेका हुन्। मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के होरु’ भनेर सोधेका हुन् मलाई। त्यतिखेर मैले त जवाफ दिइनँ। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ।'
उनले आगामी फागुन २१ गतेको मतदानलाई सामान्य निर्वाचन मात्र नभई परिवर्तनको निर्णायक अवसरका रूपमा व्याख्या गरे। लामो समयदेखि मुलुकले देख्दै आएको अपेक्षा पूरा गर्ने जिम्मेवारी यसपटक मतदातामाथि रहेको उनले बताए।
राजनीतिक पहुँचको आधारमा राज्य संयन्त्रलाई भर्ती केन्द्र बनाउने, स्रोत–साधनको असमान वितरण गर्ने र क्षेत्रीय विभेद बढाउने प्रवृत्तिको हिसाब जनताले नै गर्ने उनको धारणा थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij