Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं : शंखरापुर नगरपालिकाको जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

प्र ३–०१–००५ ख ९५५१ नम्बरको बस शंकरापुर–३ स्थित फेदीमा दुर्घटना भएको हो । उक्त बस आफैं अनियन्त्रित भएर दुई मिटर पर रहेको टहरामा ठोक्किएको प्रहरीले बताएको छ । बसमा सवार ३२ जना मध्ये चार जना घाइते भएको प्रहरीले बताएको छ । उक्त बस सिन्धुलीको तीनपाटन गाउँपालिका–७ का ३३ वर्षीय लोकबहादुर तामाङले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट