काठमाडौं : नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा पार्टीबाहिरका उम्मेदवारको समर्थन हुने कुनै पनि गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई कडा निर्देशन दिएको छ।
बुधबार जारी विज्ञप्तिमार्फत कांग्रेस कञ्चनपुरले आफ्ना आधिकारिक उम्मेदवारबाहेक अन्य उम्मेदवारको पक्षमा बोलिने, लेखिने वा संकेतस्वरूप देखिने कुनै पनि अभिव्यक्ति अस्वीकार्य हुने स्पष्ट पारेको हो। पार्टी सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट, लाइक तथा प्रचार–प्रसारका कुनै पनि गतिविधिबाट टाढा रहन निर्देशन दिइएको छ। कांग्रेस कञ्चनपुरले यस्तो गतिविधिले पार्टी अनुशासनमा प्रश्न उठ्ने भन्दै सबै तहका नेता–कार्यकर्तालाई सतर्क रहन आग्रह गरेको छ।
साथै, उम्मेदवारको पछि लागेर हिँड्ने परम्पराले स्थानीयस्तरमा जनसम्पर्क र छलफलमा बाधा पुग्ने उल्लेख गर्दै प्रत्येक नेता–कार्यकर्तालाई आफ्नै टोल र वडामा केन्द्रित भएर सक्रिय हुन अनुरोध गरिएको छ। आवश्यक परेमा अन्य वडामा जानुअघि पार्टीको सम्बन्धित सचिवालयलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ। विज्ञप्तिमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै नेता–कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमै संगठित रूपमा परिचालन भई कांग्रेसको पक्षमा जनमत निर्माण गर्न विशेष आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij