Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

हत्या गरिएको अवस्थामा प्रहरी हबलदारको शव फेला

हत्या गरिएको अवस्थामा प्रहरी हबलदारको शव फेला

दार्चुला : दार्चुलामा एक नेपाल प्रहरी हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या भएको हो ।

महाकाली नगरपालिका–४ बांगाबगडमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हबलदार घर्ती बंगाबगडको एक होटल पछाडि मृत भेटिएको वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिए । हबलदार घर्तीको शवको प्रकृति हेर्दा हत्या भएको बुझिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट